FAQs Complain Problems

सुचना तथा समाचार

योजनाको रकम भुक्तानी

लाग्ने समय: 
योजना अनुसार समय फरक फरक लाग्ने
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत , लेखा अधिकृत , इन्जिनियर , योजना शाखाका सम्पूर्ण प्राबिधिकहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय, गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 
  • लिखित रुपमा कार्यादेश दिइएको पत्रको प्रतिलिपि
  • अनुगमन समितिको प्रतिवेदन
  • रकम र योजना खुल्ने निवेदन
  • प्राविधिक स्टिमेट (लागत अनुमान)
  • कार्य सम्पन्न प्रतिवेदन (प्राविधिकबाट)
  • नापी किताब र योजना किताब
  • खर्चको सम्पूर्ण व्यहोरा देखिने बिल भरपाईहरु (रु. २० हजार माथिको बिलमा अनिवार्य भ्याट बिल हुनुपर्ने)
  • उपभोक्ता समितिको बैठकका निर्णयका प्रतिलिपिहरु र रकम भुक्तानीका लागि उपभोक्ता समितिको निर्णय प्रतिलिपि
  • योजनाको प्रष्ट देखिने फोटोहरु (योजना प्रारम्भ गर्नुअघिको अवस्था र योजना समापन पश्चातको अवस्था देखिने गरी)
  • आयोजनामा लागेको खर्च सार्वजनिक सुनुवाई गरेको प्रतिलिपि (सामाजिक परीक्षण, जनलेखा परीक्षण प्रतिवेदन)
  • सम्बन्धित वडा कार्यालयको सिफारिश
  • ढुवानी गर्दा गाडीमार्फत गरेको भए सो गाडीको ब्लुबुक र सवारी चालकको लाइसेन्सको प्रतिलिपी
  • डोजर/स्काभेटर मार्फत काम गरेको भए डोजर प्रयोग गर्नुपर्नाको कारण सहित कार्यपालिकाको कार्यालयबाट स्वीकृति प्राप्त पत्रका साथमा ब्लुबुक र चालकको लाइसेन्सको प्रतिलिपि
  • रु.१,००,०००।- (एक लाख) भन्दा बढी रकमको डोजर/स्काभेटर मार्फत काम गरेको भए कम्तिमा ३ वटा डोजर/स्काभेटरको कोटेशन मार्फत घटाघटको आधारमा छनौट गरेको  हुनुपर्नेछ ।

नोटः हस्तलिखित भरपाईलाई निरुत्साहित गर्नु गराउनु हुन अनुरोध छ ।