FAQs Complain Problems

सुचना तथा समाचार

सूचना तथा समाचार

ओमसतिया गाउँपालिका

नेपालमा ७५३   स्थानीय तह लागू हुँदा रुपन्देही जिल्लामा साविकका पडसरी, हाटी फर्साटिकर, बसन्तपुर, पटखौली र छोटी रामनगर गाउँ विकास समितिहरूलाई समेटेर ओमसतिया गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल जनसंख्या ३४,१९१ रहेको छ । यसको क्षेत्रफल ४८.५४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको फर्साटिकर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ ।

भगवान बुद्धको पावन जन्मस्थल लुम्बिनी र मावली गाउँ देवदह भएको नेपालको प्रदेश नं. ५ मा अवस्थित रुपन्देही जिल्लामा पर्ने एक गाउँपालिका हो ओमसतिया गाउँपालिका । यो गाउँपालिका नेपालका ७५३  वटा स्थानीय तहमध्येको एक स्थानीय तह हो । यो गाउँपालिका साविकका पडसरी, हाटी फर्साटिकर, बसन्तपुर, पट्खौली  र छोटकी रामनगर गााँउ विकास समितिहरु समायोजन भई घोषणा भएको हो ।साविकका ५ वटा गाविसहरुलाई समायोजन गरि नयाँ ६ वडाहरु बनाईएको हो । साविकको पडसरी गाविसका ५, ७, ८ र ९ वडालाई हालको १ नंम्बर वडा कायम गरेको छ भने, १, २, ३, ४, ६ वडाहरुलाई हालको २ नंम्बर वडा कायम गरिएको छ । यस्तै साविकका हाटीफर्साटिकर गाविसलाई ३ नम्बर वडा, साविकको बसन्तपुर गाविसलाई ४ नम्बर वडा, साविकको पट्खौली  गाविसलाई ५ नम्बर वडा र साविकको छोटी रामनगरलाई हालको ६ नम्बर वडा घोषणा गरेको छ भने गाउँपालिकाको केन्द्र साविकको हाटी फर्साटिकर गाविसको कार्यालयमा राखिएको छ । 

कुल क्षेत्रफल ४८.५४ वर्ग किलोमिटर रहेको यस गाउँपालिकाको कुल जनसंख्या ३४ हजार १ सय ९१ रहेको छ । पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा सिद्धार्थ नगरपालिका, मायादेवी र सियारी गाउँपालिका, उत्तरमा देवदह र तिलोत्तमा नगरपालिका, उत्तरमा देवदह र तिलोत्तमा नगरपालिका र दक्षिणमा रोहिणी गाउँपालिका रहेको यो गाउँपालिकाको बनावट समथर रहेको छ । प्राकृतिक छटाले भरिपूर्ण यस गाउँपालिमा अधिकांश मधेशी वर्गका विभिन्न जातीका मानिसहरु बसोबास गर्दछन । जस्तै यादव, कुर्मी, हरिजन, पासी , मुराव, बाह्मण, मुसलमान आदी । यहाँ मुख्य पेशा भनेका कृषि नै हो तर यहाँका मानिसहरु विभिन्न किसिमका व्यवसाय पनि गर्दै आईरहेका छन । यहाँको रहन सहन, लवाई, भेष भुषा र सामाजिक सास्कृतिक चालचलन भारतसँग मिल्दो जुल्दो रहेको छ । खानेपानीमा धेरै जसो घरपरिवारले घरमै रहेको चापाकल धाराको पानी प्रयोग गरेको पाईन्छ भने केहि परिवारले सार्वजनिक आटिजन बोरिङ्गको पानी खाएको पाइन्छ । पानीको क्षेत्रमा यस गाउँपालिका भित्र सुलभता पाईएको हुदा जमिन मुनिको पानीलाई विभिन्न क्षेत्रबाट उपयोगमा ल्याई कृषि क्षेत्रमा लगाउन सकेमा बर्षभरी नै हरियाली गाविसको रुपमा चिनाउन सकिन्छ । नेपाल चार जात छत्तिस वर्णको फुलवारी भएजस्तै यस गाउँपालिकाभित्र पनि विभिन्न धर्मालम्बिहरु बसोबास गरेको पाईन्छ । सबै धर्मलाई समानताका रुपमा उच्च मूल्यांकन गरिएको यस गाउँपालिकामा विभिन्न जातजातिहरु जस्तै थारु, बाह्मण, क्षेत्री, मगर, मधेशी, तराईवासी आदिहरु एकआपसमा आफ्नो अस्तित्वमा राखी बसेका पाईन्छ । 

 

Pages