FAQs Complain Problems

सुचना तथा समाचार

ओमसतिया गाउँपालिका

नेपालमा ७५३   स्थानीय तह लागू हुँदा रुपन्देही जिल्लामा साविकका पडसरी, हाटी फर्साटिकर, बसन्तपुर, पटखौली र छोटी रामनगर गाउँ विकास समितिहरूलाई समेटेर ओमसतिया गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल जनसंख्या ३४,१९१ रहेको छ । यसको क्षेत्रफल ४८.५४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको फर्साटिकर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ ।

भगवान बुद्धको पावन जन्मस्थल लुम्बिनी र मावली गाउँ देवदह भएको नेपालको प्रदेश नं. ५ मा अवस्थित रुपन्देही जिल्लामा पर्ने एक गाउँपालिका हो ओमसतिया गाउँपालिका । यो गाउँपालिका नेपालका ७५३  वटा स्थानीय तहमध्येको एक स्थानीय तह हो । यो गाउँपालिका साविकका पडसरी, हाटी फर्साटिकर, बसन्तपुर, पट्खौली  र छोटकी रामनगर गााँउ विकास समितिहरु समायोजन भई घोषणा भएको हो ।साविकका ५ वटा गाविसहरुलाई समायोजन गरि नयाँ ६ वडाहरु बनाईएको हो ।

कुल क्षेत्रफल ४८.५४ वर्ग किलोमिटर रहेको यस गाउँपालिकाको कुल जनसंख्या ३४ हजार १ सय ९१ रहेको छ । पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा सिद्धार्थ नगरपालिका, मायादेवी र सियारी गाउँपालिका, उत्तरमा देवदह र तिलोत्तमा गाउँपालिका, उत्तरमा देवदह र तिलोत्तमा गाउँपालिका र दक्षिणमा राहिणा गाउँपालिका रहेको यो गाउँपालिकाको बनावट समथर रहेको छ । प्राकृतिक छटाले भरिपूर्ण यस गाउँपालिमा अधिकांश मधेशी वर्गका विभिन्न जातीका मानिसहरु बसोबास गर्दछन । जस्तै यादव, कुर्मी, हरिजन, पासी , मुराव, बाह्मण, मुसलमान आदी । यहाँ मुख्य पेशा भनेका कृषि नै हो तर यहाँका मानिसहरु विभिन्न किसिमका व्यवसाय पनि गर्दै आईरहेका छन । यहाँको रहन सहन, लवाई, भेष भुषा र सामाजिक सास्कृतिक चालचलन भारतसँग मिल्दो जुल्दो रहेको छ । खानेपानीमा धेरै जसो घरपरिवारले घरमै रहेको चापाकल धाराको पानी प्रयोग गरेको पाईन्छ भने केहि परिवारले सार्वजनिक आटिजन बोरिङ्गको पानी खाएको पाइन्छ । पानीको क्षेत्रमा यस गाउँपालिका भित्र सुलभता पाईएको हुदा जमिन मुनिको पानीलाई विभिन्न क्षेत्रबाट उपयोगमा ल्याई कृषि क्षेत्रमा लगाउन सकेमा बर्षभरी नै हरियाली गाविसको रुपमा चिनाउन सकिन्छ । नेपाल चार जात छत्तिस वर्णको फुलवारी भएजस्तै यस गाउँपालिकाभित्र पनि विभिन्न धर्मालम्बिहरु बसोबास गरेको पाईन्छ । सबै धर्मलाई समानताका रुपमा उच्च मूल्यांकन गरिएको यस गाउँपालिकामा विभिन्न जातजातिहरु जस्तै थारु, बाह्मण, क्षेत्री, मगर, मधेशी, तराईवासी आदिहरु एकआपसमा आफ्नो आस्तित्वमा राखी बसेका पाईन्छ । 

जन प्रतिनिधि

अध्यक्ष
Phone:
९८५७०१०६८४
उपाध्यक्ष
Phone:
९८०७५२४५४९
प्रबक्ता
Phone:
९८०२६७०८३९

कर्मचारी हरु

प्रमुख प्रशासकीय अधिकृत
मोबाइल::
9857017683
ईमेल:
npaction@gmail.com
सूचना अधिकारी
मोबाइल::
9857017684
ईमेल:
shankarpathak@gmail.com

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा कार्यालयका स्थानीय पन्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

पति - पत्नीको नागरिकता ; पति-पत्नी को फोटो २ प्रति पत्नीको नागरिकता नभएको खण्डमा पतिको नागरिकता माइती तर्फा बाबु-आमाको नागरिकता

सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गा.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन , निवेदन तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता ; जन्म दर्ता , मृत्यु दर्ता मृतकको २ वा सो भन्दा बढी हकदारहरु भएमा हकदारको उपस्थितिमा मन्जुरीनामा , जग्गा धनि प्रमाण पुर्जा , एकीकृत सम्पत्ति कर तिरेको रसिद , नाता प्रमाणित को फोटोकपि आबश्यक भएमा नापी नक्सा र समन्धित वडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको किटानी सिफारिस पत्र वा वसाई प्रमाणपत्र

सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- प्रमाण पूरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गा,पा ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन , स्थलगत सर्जमिन मुचुल्का , निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता , जन्म दर्ता , मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी ३,३ प्रति पासपोर्ट साईजको फोटो

जानकारी