सुचना तथा समाचार
जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु देहाय बमोजिम छन् :
- आमा / बाबुको विवाह दर्ताको प्रतिलिपि
 - आमा / बाबुको नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि
 - सुचकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
 - आमा - बाबु बसाइ सराई भै आएको भए सोको प्रतिलिपि
 - अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
 - दस्तुर गा.पा. नियमानुसार