FAQs Complain Problems

सुचना तथा समाचार

ओमसतिया माईको मन्दिर

Read More

राष्ट्रिय भुमि आयोग र ओमसतिया गाउँपालिका रुपन्देहीका बीच अब्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधाननार्थ कार्य सम्झौता पत्र हस्ताक्षर

Read More

ओमसतिया गाउँपालिका

नेपालमा ७५३   स्थानीय तह लागू हुँदा रुपन्देही जिल्लामा साविकका पडसरी, हाटी फर्साटिकर, बसन्तपुर, पटखौली र छोटी रामनगर गाउँ विकास समितिहरूलाई समेटेर ओमसतिया गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल जनसंख्या ३४,१९१ रहेको छ । यसको क्षेत्रफल ४८.५४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको फर्साटिकर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ ।

भगवान बुद्धको पावन जन्मस्थल लुम्बिनी र मावली गाउँ देवदह भएको नेपालको प्रदेश नं. ५ मा अवस्थित रुपन्देही जिल्लामा पर्ने एक गाउँपालिका हो ओमसतिया गाउँपालिका । यो गाउँपालिका नेपालका ७५३  वटा स्थानीय तहमध्येको एक स्थानीय तह हो । यो गाउँपालिका साविकका पडसरी, हाटी फर्साटिकर, बसन्तपुर, पट्खौली  र छोटकी रामनगर गााँउ विकास समितिहरु समायोजन भई घोषणा भएको हो ।साविकका ५ वटा गाविसहरुलाई समायोजन गरि नयाँ ६ वडाहरु बनाईएको हो । साविकको पडसरी गाविसका ५, ७, ८ र ९ वडालाई हालको १ नंम्बर वडा कायम गरेको छ भने, १, २, ३, ४, ६ वडाहरुलाई हालको २ नंम्बर वडा कायम गरिएको छ । यस्तै साविकका हाटीफर्साटिकर गाविसलाई ३ नम्बर वडा, साविकको बसन्तपुर गाविसलाई ४ नम्बर वडा, साविकको पट्खौली  गाविसलाई ५ नम्बर वडा र साविकको छोटी रामनगरलाई हालको ६ नम्बर वडा घोषणा गरेको छ भने गाउँपालिकाको केन्द्र साविकको हाटी फर्साटिकर गाविसको कार्यालयमा राखिएको छ । 

कुल क्षेत्रफल ४८.५४ वर्ग किलोमिटर रहेको यस गाउँपालिकाको कुल जनसंख्या ३४ हजार १ सय ९१ रहेको छ । पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा सिद्धार्थ नगरपालिका, मायादेवी र सियारी गाउँपालिका, उत्तरमा देवदह र तिलोत्तमा नगरपालिका, उत्तरमा देवदह र तिलोत्तमा नगरपालिका र दक्षिणमा रोहिणी गाउँपालिका रहेको यो गाउँपालिकाको बनावट समथर रहेको छ । प्राकृतिक छटाले भरिपूर्ण यस गाउँपालिमा अधिकांश मधेशी वर्गका विभिन्न जातीका मानिसहरु बसोबास गर्दछन । जस्तै यादव, कुर्मी, हरिजन, पासी , मुराव, बाह्मण, मुसलमान आदी । यहाँ मुख्य पेशा भनेका कृषि नै हो तर यहाँका मानिसहरु विभिन्न किसिमका व्यवसाय पनि गर्दै आईरहेका छन । यहाँको रहन सहन, लवाई, भेष भुषा र सामाजिक सास्कृतिक चालचलन भारतसँग मिल्दो जुल्दो रहेको छ । खानेपानीमा धेरै जसो घरपरिवारले घरमै रहेको चापाकल धाराको पानी प्रयोग गरेको पाईन्छ भने केहि परिवारले सार्वजनिक आटिजन बोरिङ्गको पानी खाएको पाइन्छ । पानीको क्षेत्रमा यस गाउँपालिका भित्र सुलभता पाईएको हुदा जमिन मुनिको पानीलाई विभिन्न क्षेत्रबाट उपयोगमा ल्याई कृषि क्षेत्रमा लगाउन सकेमा बर्षभरी नै हरियाली गाविसको रुपमा चिनाउन सकिन्छ । नेपाल चार जात छत्तिस वर्णको फुलवारी भएजस्तै यस गाउँपालिकाभित्र पनि विभिन्न धर्मालम्बिहरु बसोबास गरेको पाईन्छ । सबै धर्मलाई समानताका रुपमा उच्च मूल्यांकन गरिएको यस गाउँपालिकामा विभिन्न जातजातिहरु जस्तै थारु, बाह्मण, क्षेत्री, मगर, मधेशी, तराईवासी आदिहरु एकआपसमा आफ्नो अस्तित्वमा राखी बसेका पाईन्छ । 

 

जन प्रतिनिधि

अध्यक्ष
Phone:
9857024655
Email:
manjityadav19398@gmail.com
उपाध्यक्ष
Phone:
9857052868
Email:
sunitachaudhary686200@gmail.com

कर्मचारी हरु

प्रमुख प्रशासकीय अधिकृत
मोबाइल::
9857017683
ईमेल:
kshetri.vpn@gmail.com
सूचना अधिकारी
मोबाइल::
९८४७०५४११८
ईमेल:
suchanaadhikari@omsatiyamun.gov.np

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- योजना अनुसार समय फरक फरक लाग्ने
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत , लेखा अधिकृत , इन्जिनियर , योजना शाखाका सम्पूर्ण प्राबिधिकहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय, गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
  • लिखित रुपमा कार्यादेश दिइएको पत्रको प्रतिलिपि
  • अनुगमन समितिको प्रतिवेदन
  • रकम र योजना खुल्ने निवेदन
  • प्राविधिक स्टिमेट (लागत अनुमान)
  • कार्य सम्पन्न प्रतिवेदन (प्राविधिकबाट)
  • नापी किताब र योजना किताब
  • खर्चको सम्पूर्ण व्यहोरा देखिने बिल भरपाईहरु (रु. २० हजार माथिको बिलमा अनिवार्य भ्याट बिल हुनुपर्ने)
  • उपभोक्ता समितिको बैठकका निर्णयका प्रतिलिपिहरु र रकम भुक्तानीका लागि उपभोक्ता समितिको निर्णय प्रतिलिपि
  • योजनाको प्रष्ट देखिने फोटोहरु (योजना प्रारम्भ गर्नुअघिको अवस्था र योजना समापन पश्चातको अवस्था देखिने गरी)
  • आयोजनामा लागेको खर्च सार्वजनिक सुनुवाई गरेको प्रतिलिपि (सामाजिक परीक्षण, जनलेखा परीक्षण प्रतिवेदन)
  • सम्बन्धित वडा कार्यालयको सिफारिश
  • ढुवानी गर्दा गाडीमार्फत गरेको भए सो गाडीको ब्लुबुक र सवारी चालकको लाइसेन्सको प्रतिलिपी
  • डोजर/स्काभेटर मार्फत काम गरेको भए डोजर प्रयोग गर्नुपर्नाको कारण सहित कार्यपालिकाको कार्यालयबाट स्वीकृति प्राप्त पत्रका साथमा ब्लुबुक र चालकको लाइसेन्सको प्रतिलिपि
  • रु.१,००,०००।- (एक लाख) भन्दा बढी रकमको डोजर/स्काभेटर मार्फत काम गरेको भए कम्तिमा ३ वटा डोजर/स्काभेटरको कोटेशन मार्फत घटाघटको आधारमा छनौट गरेको  हुनुपर्नेछ ।

नोटः हस्तलिखित भरपाईलाई निरुत्साहित गर्नु गराउनु हुन अनुरोध छ ।

सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले तोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक शाखा, प्रशासन शाखा, आर्थिक
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

निर्देशिका बमोजिमको दरखास्त,
नागरिकता/जग्गाधनी/उधोग दर्ता प्रमाण पत्र,
दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस करचुक्ता सम्बन्धि प्रमाण कागजातहरु

सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
  1. प्रमाणित  गर्नुपर्ने कागज
  2. नागरिकता को प्रतिलिपि 

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा कार्यालयका स्थानीय पन्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

पति - पत्नीको नागरिकता ; पति-पत्नी को फोटो २ प्रति पत्नीको नागरिकता नभएको खण्डमा पतिको नागरिकता माइती तर्फा बाबु-आमाको नागरिकता

सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गा.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन , निवेदन तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता ; जन्म दर्ता , मृत्यु दर्ता मृतकको २ वा सो भन्दा बढी हकदारहरु भएमा हकदारको उपस्थितिमा मन्जुरीनामा , जग्गा धनि प्रमाण पुर्जा , एकीकृत सम्पत्ति कर तिरेको रसिद , नाता प्रमाणित को फोटोकपि आबश्यक भएमा नापी नक्सा र समन्धित वडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको किटानी सिफारिस पत्र वा वसाई प्रमाणपत्र

सेवा प्रकारः- अन्य सिफारिस
सेवा समयः- प्रमाण पूरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गा,पा ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन , स्थलगत सर्जमिन मुचुल्का , निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता , जन्म दर्ता , मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी ३,३ प्रति पासपोर्ट साईजको फोटो

जानकारी

Pages